सिटिजन्स क्यापिटल लिमिटेड (साबिकको सि.बि.आई.एल. क्यापिटल लि.) ले संचालन गरेको म्युचुअल फण्ड योजना “सिटिजन्स म्युचुअल फण्ड १” खारेज हुने भएको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित सो योजना २०८१ फाल्गुण १९ गतेका दिन परिपक्व हुने छ
प्रति इकाई अंकित मुल्य रु.१०/- दरका ८,२०,००,००० (आठ करोड बीस लाख) इकाईहरु रहेको सो योजना ७ वर्षे बन्दमुखी योजना हो ।
योजनाको निर्धारित अवधि समाप्त हुनु भन्दा कम्तीमा एक महिना अगाडि सूचीकरण खारेजीका लागि धितोपत्र बजारमा निवेदन दिनु पर्ने व्यवस्था अनुसार क्यापिटलले योजनाको सूचीकरण खारेजीको लागि निवेदन दिएको छ । ०८१ फाल्गुण १९ गते पश्चात योजनाका इकाईहरु कारोबार हुने छैन ।