Wednesday, June 18, 2025
spot_img

सिंगटी हाईड्रो प्रवर्द्धक रहेको ह्याविट्याट पावरले माग्यो आईपीओ निष्काशन अनुमति

spot_img
spot_img

सिंगटी हाईड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको ह्याविट्याट पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

शेयर निष्काशनको लागि  मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपीओ निष्काशन गर्ने छ छ ।

कम्पनीले आफ्नो जारी पूँजी रु. ५५ करोडको २० प्रतिशत अर्थात रु.१००/- अंकित दरको ११ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्ने छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि र बाँकी १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई जारी गर्ने जनाएको छ ।

ह्याविट्याट पावर कम्पनीले पाँचथर जिल्लामा ९.९ मे.वा. क्षमताको हेवाखोला ए साना जल विद्युत आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीका अनुसार आयोजनाको कार्य ७० प्रतिशत सम्पन्न भइसकेको र यहि आ.व. को चैत्र मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ। कम्पनीका अनुसार आयोजनाको प्रति मे.वा. लागत रु १९ करोड मात्र रहेको छ ।

सिंगटी हाईड्रो इनर्जी यस कम्पनीको प्रमुख प्रबर्दक हो । यहि आयोजनामा लगानी गर्न सिंगटीले हकप्रद शेयर निष्काशन गरेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

भारत आउने भयो एलन मस्कको स्टारलिंक इन्टरनेट, केन्द्र सरकारले दियो अनुमति

भारत सरकारले एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सको स्टारलिंकलाई भारतमा...

एलएस अटोका दुइ मोडल नाइमा एक्स्पोमा आउने

एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रा.लि.ले...

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...
spot_img