पशुपति रिन्यूएबल्सले आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ। कम्पनीले आईपीओ निष्काशनको लागि एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो।
उक्त सम्झौतामा कम्पनीका तर्फबाट अध्यक्ष डा. सन्दिप शाह तथा एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृतदीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन्। नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो आईपीओ निष्काशनको प्रक्रिया अगाडी बढाउने कम्पनीले जनाएको छ।
पशुपति रिन्यूएबल्सले कपिलवस्तुमा १० मेगावाट क्षमताको धरमनगर सोलार आयोजना १ र १५ मेगावाट क्षमताको धरमनगर सोलार फार्म २ गरि कुल २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाबाट उत्पादित विद्युतलाई ३३ के.भी. प्रसारण लाईन मार्फत नेपाल विद्युत प्राधिकारणको शिवपुर सब-स्टेशनमा जोडिने छ।