Thursday, May 22, 2025
spot_img

आईपीओ निष्काशनको तयारीमा इष्टर्न साहारा, रेटिङ्गको लागि गर्यो सम्झौता

आईपीओ निष्काशनको तयारीमा रहेको इष्टर्न साहारा कम्पनी लिमिटेडले कम्पनीको क्रेडिट रेटिङ्ग गराउनको लागि सम्झौता गरेको छ। कम्पनीले सर्वसाधारणहरुमा निष्काशन गरिने साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम क्रेडिट रेटिङ्ग गर्नको लागि केयर रेटिङ्ग नेपाल लिमिटेडसँग द्विपक्षीय सम्झौता गरेको हो।

कम्पनीले सर्वसाधारणमा प्रति कित्ता शेयर मुल्य रु.१०० दरको ३० लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो ।

यो कम्पनी वि.सं. २०७९ सालमा पब्लिक कम्पनीको रुपमा स्थापना भएको हो ।  बैंकिङ्ग, सहकारी, लघुवित्त तथा हाइड्रोपावर क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरु, ख्याती प्राप्त व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट तथा अन्य प्रोफेसनल लगायतका प्रबुद्ध व्यक्तिहरुको समुहद्वारा कम्पनी स्थापना गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले छरिएर रहेको स-सानो पूँजीलाई एकीकृत रुपमा परिचालन गर्दै मुख्य रुपमा Green Financing लाई Promote गर्ने तथा कार्बन उत्सर्जनलाई न्यूनिकरण गर्ने परियोजनामा लगानी गर्ने उद्देश्य राखेको छ । हाल कम्पनीले जलविद्युत, कृषि पर्यटन, अटोमोवाइल्स, सौर्य उर्जाका क्षेत्रसँग सम्बन्धित परियोजनामा लगानी गरेको छ ।  कम्पनीले स्वः पूँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार र विविधिकरण गरी मुलुकको Green Financing मा टेवा पुर्याई आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्य लिएको जनाएको छ ।

 

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...

एभरेष्ट कलरको जारी पूँजी बढ्यो, ७ लाख ९० हजार कित्ता आईपीओ जारी हुने

एभरेष्ट कलर लिमिटेडको विशेष वार्षिक साधारणसभा सम्पन्न भएको छ...
spot_img