Saturday, September 5, 2026
spot_img

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ३ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

spot_img

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ३ कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। ३ वटै कम्पनीले माघ २० गते आवेदन दिएका हुन् ।

आवेदन दिने कम्पनीमा होटेल इच्छा लिमिटेड, एशियन ब्याट्रीज लिमिटेड र हुलास आइरन एण्ड इन्डस्ट्रीज लिमिटेड रहेका छन् ।

होटेल इच्छा लिमिटेडले ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो। शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ। कम्पनीले बाराको सिमरामा मधेश प्रदेशकै पहिलो र एकमात्र पाँचतारे होटल ईच्छा संचालन गरिरहेको छ। होटलका संस्थापक अध्यक्ष ईच्छा बहादुर वाग्ले हुन् ।

एशियन ब्याट्रीजले १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ।  एशियन ब्याट्रीज लिमिटेडको उत्पादन केन्द्र मोरङको बुढीगंगा गाउँपालिकामा छ भने सम्पर्क कार्यालय ललितपुरको सानेपामा अवस्थित छ । कम्पनीले सवारी साधन, इलेक्ट्रिक रिक्सा, मोटरसाइकल तथा सोलार प्रणालीमा प्रयोग हुने गुणस्तरीय लिड–एसिड ब्याट्री उत्पादन गर्दै आएको छ ।

हुलास आइरन एण्ड इन्डस्ट्रीजले भने प्रिमियम मूल्यमा शेयर निष्काशनको अनुमति माग गरेको हो । कम्पनीले प्रति कित्ता २२५ रुपैयाँमा ०७ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको हो । यो हुलास ग्रुप अन्तर्गतको कम्पनी हो। हुलास ग्रुपका अध्यक्ष चन्द्र कुमार गोल्छा हुन् ।  हुलास आइरनका प्रबन्ध संचालक चन्द्र कुमार गोल्छाका छोरा शरद गोल्छा हुन् ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...