माछापुच्छ्रे क्यापिटलले निष्काशन गरेको खुलामुखी सामुहिक लगानी कोष योजना (ओपन म्युचुअल फण्ड) को इकाईमा आवेदन दिने आज मङ्सिर १७ गते अन्तिम दिन रहेको छ । क्यापिटलले मङ्सिर १४ गतेदेखि माछापुच्छ्रे म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि माछापुच्छ्रे एसआईपी योजना नामको खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाई बिक्री खुला गरेको हो।
यस योजनाको आकार ५० करोड रहेको छ। तर पहिलो चरणमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई निष्काशन भएको हो । २ करोड इकाई मध्ये १५ प्रतिशत अर्थात् ७५ लाख इकाई माछापुच्छ्रे बैंक र माछापुच्छ्रे क्यापिटललाई छुट्याईएको छ । जसमा बैंकले १४ प्रतिशत र क्यापिटलले १ प्रतिशत इकाई लिने छ।
बाँकि रहेको १ करोड २५ लाख इकाई सर्वसाधारणमा निष्काशन भएको हो। यसमा न्युनतम १०० इकाई र अधिकतम २० लाख इकाईको लागि आवेदन दिन सकिने छ।
क्यापिटलले योजना संचालनको अनुमति माग गर्दै असार ३० गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो। नेपाल धितोपत्र बोर्डले कार्तिक २७ गते योजना संचालनको अनुमति दिएको हो ।












