Sunday, December 14, 2025
spot_img

एसवाई प्यानलको आईपीओ भर्ने आज अन्तिम दिन

spot_img

एसवाई प्यानल लिमिटेडको आईपीओमा आवेदन दिने आज कार्तिक २३ गते अन्तिम दिन रहेको छ। कम्पनीले कार्तिक १९ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले आम सर्वसाधारणलाई ४० लाख ७६ हजार १ सय ५६ कित्ता शेयर निष्काशन गरेको हो।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै  स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि शेयर निष्काशन गरिसकेको छ।

यो कम्पनीले प्यानल उत्पादन गर्छ। यो कम्पनी  दक्षिण कोरियाको SY CO. LTD. को सहायक कम्पनी हो। SY CO. LTD.  लाई एसियाको नम्बर १ प्यानल निर्माताको रूपमा चिनिन्छ। कम्पनीले उच्च गुणस्तरका EPS र PUF स्यान्डविच प्यानलहरू उत्पादन गर्छ । जुन लागत-प्रभावी, बलियो र कुशल हुनुका साथै अत्यधिक तातो वा चिसो हावापानीका लागि उत्कृष्ट इन्सुलेसन प्रदान गर्ने कम्पनीले जनाएको छ। कम्पनीले डिजाइनदेखि निर्माणसम्म सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्दै भूकम्प-प्रतिरोधी संरचनाहरूका लागि पूर्ण समाधान प्रदान गर्ने पनि जनाएको छ । कम्पनीले कोरियाली स्यान्डविच प्यानल, UPVC झ्याल, स्टिल ढोका लगायतका सामग्रीहरू पनि उपलब्ध गराउँने गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एनपीएल सिजन–२ को उपाधि लुम्बिनी लायन्सलाई, सुदूरपश्चिम दुइ सिजन नै उपविजेतामा सिमित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि...

जेनजी आन्दोलनबारे ओलीः अर्थतन्त्रको मेरुदण्ड भाँचियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा...

एनपीएल फाइनलः टस जितेर सुदूरपश्चिमले ब्याटिङ रोज्यो, लुम्बिनीले बलिङ गर्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल आज...

दोस्रो चरणको पेट्रोलियम पाइप लाइन विस्तारको निर्माण कार्य अघि बढ्यो

दोस्रो चरणको पेट्रोलियम पाइप लाइन विस्तारको निर्माण कार्यको प्रक्रिया...

एनपीएलको फाइनल आजः सुदूरपश्चिम र लुम्बिनी भिड्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आज फाइनल...

सबैभन्दा धनी पार्टी एमालेको महाधिवेशनमा कसरी हुँदैछ खर्च व्यवस्थापन ?

विद्यमान राजनीतिक दलमध्ये नेकपा एमाले सबैभन्दा धनी राजनीतिक दलका...
spot_img
spot_img