माबिलुङ्ग इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आइतबार शेयर बाँडफाँड भएको हो।
कम्पनीले साउन २६ देखि २९ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १२ लाख ४८ हजार ९ सय ४ कित्ता शेयर निष्काशन गरेको हो ।
कम्पनीको आईपीओमा कुल २२ लाख ५ हजार ८ सय ७१ जनाको आवेदन परेकोमा २१ लाख ९७ हजार ५ सय ८२ जनाको आवेदन मात्र योग्य भएका छन् । योग्य आवेदक मध्ये १ लाख २४ हजार ८ सय ९० जनाले शेयर पाएका छन् । यी मध्ये ४ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन्।
कम्पनीले यस अघि नै संखुवासभाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन बाँडफांड गरिसकेको छ । यस कम्पनीमा एशियन लाइफ इन्स्योरेन्सको २५ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको २० प्रतिशत, र राजेश लाल श्रेष्ठको ११ प्रतिशत लगानी रहेको छ । यद्यपि आईपीओ निष्काशन पछि उनीहरुको स्वामित्व घट्ने छ ।
कम्पनीले संखुवासभामा ४.९५ मेगावाटको अपर पिलुवाखोला ३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।









