दरमखोला हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज असार २३ गते अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा असार ९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको थियोे । दुबै समूहको शेयर भर्ने आज अन्तिम दिन हो।
कम्पनीले गुल्मी र बाग्लुङ आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो । कम्पनीले गुल्मी जिल्लाका मुसिकोट नगरपालिका, तथा बाग्लुङजिल्लाको गल्कोट नगरपालिका र बडीगाड गाउपालिकाका स्थानीयलाई १० लाख ३० हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो । यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।
त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार ९ सय ५० कित्ता शेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ।
कम्पनीले बागलुङको गलकोट नगरपालिका वडा नम्बर ११ मा ९.६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।