Tuesday, July 15, 2025

बुङ्गल हाइड्रोको पहिलो चरणको आईपीओ असार २९ देखि, क-कसले दिन पाउँछन् आवेदन ?

spot_img
spot_img

बुङ्गल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित बझांग जिल्लाका स्थानीय र  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना अति प्रभावित क्षेत्र  बझाङ्ग जिल्ला, बुंगल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गा.वि.स. वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गा.वि.स. वडा नं. १) तथा, सामान्य प्रभावित क्षेत्र अर्थात  बझाङ्ग जिल्ला, बुंगल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १०, ११ का स्थानीयलाई शेयर निष्काशन गर्न लागेको हो।   कम्पनीले  स्थानीयलाई ८ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयले छिटोमा साउन ११ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन २६ गतेसम्म आवेदन दिन सक्ने छन् ।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ७ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा साउन ११ गतेसम्म आवेदन दिन सकिने छ । त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

यस कम्पनीले बझांगमा १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० भदौ २ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । यस कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरे हुन् । कम्पनीको अन्य संचालकमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा, विरेन्द्र बहादुर मल्ल लगायत छन् । बुङ्गल हाइड्रो लिमिटेड एसजी ग्रुप अन्तर्गतको कम्पनी हो ।

कम्पनीमा धितोपत्र बोर्डका अध्यक्षको पनि लगानी रहेको छ ।

यो पनि : बत्ति बालिसकेका अरु कुरिरहँदा अध्यक्ष कै लगानी रहेको हाइड्रोले कसरी पायो IPO अनुमति ?

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...

नेप्सेमा ट्रेड टावरको शेयर सूचीकृत, बुधबार कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्जमा ट्रेड टावर लिमिटेडको शेयर सूचीकृत भएको...

हिम स्टार उर्जा कम्पनीको आईपीओ बाँडफाँड मिति तय

हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ...

यस वर्षको ‘इप्पान उर्जा ज्योति सम्मान’ प्रबल अधिकारीलाई 

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले यस वर्षको 'इप्पान उर्जा...
spot_img