सिटिजन्स क्यापिटलले निष्काशन गरेको खुलामुखी सामुहिक लगानी योजना (ओपन म्युचुअल फण्ड) को इकाईमा आवेदन दिने म्याद थपिएको छ । म्याद थप संगै अब यी इकाईमा असार २७ गतेसम्म आवेदन दिन सकिने छ । यद्यपि सो अगावै पर्याप्त आवेदन परेमा क्यापिटलले सार्वजनिक सूचना जारी गरेर सो अगावै बिक्री बन्द गर्न सक्ने छन् ।
क्यापिटलले असार १३ गतेदेखि सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिटिजन्स सदाबाहर योजना नामको खुलामुखी योजनाको इकाई निष्काशन गरेको हो । यस योजनाको आकार ५० करोड अर्थात् ५ करोड इकाईको रहेको छ । जस मध्ये ७५ लाख इकाई कोष प्रबर्दक सिटिजन्स बैंकलाई छुट्याईएको छ। बाँकि रहेको इकाई मध्ये प्रथम चरणमा ४ करोड २५ लाख इकाई सर्वसाधारणमा निष्काशन गरिएको हो ।
आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम ५० लाख इकाईको लागि दिन सकिने छ।
नेपाल धितोपत्र बोर्डले असार २ गते क्यापिटललाई ओपन म्युचुअल फण्ड संचालनको लागि अनुमति प्रदान गरेको थियो ।हाल नेपालमा ९ वटा ओपन म्युचुअल फण्ड रहेकोमा सिटिजन्सको यो फण्ड १० औं ओपन म्युचुअल फण्ड योजना हुने छ।