Monday, January 19, 2026
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्काशन गरेर बाँडफाँट गरिसकेको कम्पनीले सर्वसाधारण लगानीकर्तालाई आज जेठ ९ देखि १३ गतेसम्म आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीको आईपीओ बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । कम्पनीको २४ लाख १५ हजार ३ सय कित्ता सेयर सर्वसाधारणमा जारी हुन लागेको हो ।

न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिने छ ।

कम्पनीले इलामको सूर्योदय नगरपालिकास्थित जोगमई खोलामा ७.६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ । १ अर्ब ५७ करोड २९ लाख रुपैयाँ लागतमा तयार भएको आयोजनाको प्रतिमेगावाट लागत २० करोड ६९ लाख रुपैयाँ छ ।

साथै कम्पनीले ५.२ मेगावाटको जोगमइ क्यासकेड जलविद्युत् आयोजना बनाउँदैछ । यो आयोजनाको लागत प्रतिमेगावाट १९ करोड ४० लाख रुपैयाँ छ ।

गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८१ पैसा छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एसवाई प्यानलमा नयाँ संचालक समिति चयन, प्रबन्ध संचालकको अख्तियारी कर्माचार्यालाई

एसवाई प्यानल नेपाल नेपाल लिमिटेडमा नयाँ संचालक समिति चयन...

सुनको भाउ ऐतिहासिक उचाईमा, तोलाको २ लाख ८२ हजार

आज सोमबार सुनको भाउ इतिहासकै उच्च बिन्दुमा पुगेको छ...

नेपाल एयरलाइन्सको महाप्रबन्धका लागि १० जना आवेदकको सूची सार्वजनिक

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को रिक्त महाप्रबन्धका लागि आवेदन...

कामना सेवा बन्यो रिपोर्ट निकाल्ने पहिलो कम्पनी, २२.३४ प्रतिशतले बढ्यो नाफा

कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा...

आज सोनाम ल्होसार, देशभर सार्वजनिक विदा

तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने...

चुनाव आउन ४५ दिन बाँकि: मध्यरातदेखि लागू भयो निर्वाचन आचारसंहिता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...
spot_img
spot_img