Sunday, February 8, 2026
spot_img

ओम मेगाश्री फर्मासुटिकल्सको आईपीओ बाँडफाँड मिति तय

spot_img
spot_img

ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले निष्काशन गरेको आईपीओ आगामी मंगलबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले चैत्र १२ गते मंगलबार  बिहान ९ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

कम्पनीले फागुन २७ गतेदेखि आज चैत्र ३ गतेसम्म  आम सर्वसाधारणलाई १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन गरेको हो ।  आईपीओमा १९ लाख ८५ हजार ६ सय ६३ जना आवेदकबाट २ करोड ३६ लाख ५९ हजार १ सय २० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएको भन्दा १६.०२ गुणा बढीको आवेदन परेको हो । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथा मार्फत बाँडफाँड हुने छ। जसमा १ लाख ४७ हजार ६ सय जनाले मात्र १० कित्ताको दरले शेयर पाउने छन्  । बाँकि आवेदन हात खाली हुने छन् ।

कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफांड गरिसकेको छ ।  नेपाल धितोपत्र बोर्डले माघ ३ गते कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो ।

यो ओम मेगाश्री औषधि उत्पादन गर्ने कम्पनी हो ।  यस कम्पनीमा गैरआवासीय नेपाली समेतको लगानी छ। झण्डै सवा अर्ब लगानीमा सुरु भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ । कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ हुन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हायरको ब्रान्ड एम्बासडरमा पारस खड्का

विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायरको ब्रान्ड एम्बासडरका रूपमा नेपाली...

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटल कम्पनी मर्ज हुँदै

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटेल कम्पनी मर्ज...

सुनको मूल्य फेरि ३ लाख माथि, तोलामै ९५ सयले बढ्यो

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

राइड सेयरिङ सर्भिस ‘ई–ड्राइभ’ नेपालगन्जमा पनि सुरु

लुम्बिनी प्रदेशमा पहिलो राइड सेयरिङ सेवाका रुपमा सेवा थालेको...

टि २० विश्वकप क्रिकेटमा आज नेपाल र इंग्ल्यान्ड भिड्दै

शनिवारदेखि सुरु भएको टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत...

ओटीएम मुम्बई २०२६ः भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो

नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय...
spot_img