Thursday, November 13, 2025
spot_img

स्थानीय र वैदेशिक रोजगारीमा रहेकाले पियोर इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

spot_img

स्थानीय र वैदेशिक रोजगारीमा रहेकाले पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज चैत्र ५ गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले बाँके जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो । कम्पनीले बाँके जिल्लाका स्थानीयलाई १ लाख ६० हजार कित्ता शेयर निष्काशन गरेको छ। यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १६ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ४४ हजार कित्ता शेयर निष्काशन गरिएको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७२ सय कित्ताको लागि आवेदन दिन सकिने छ।

नेपाल धितोपत्र बोर्डले पियोर इनर्जी लिमिटेडलाई फागुन २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसंगै कम्पनीले कुल १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता शेयर निष्काशन गर्ने छ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएकालाई निष्काशन गरिएको आईपीओ बाँडफाँड गरिएपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ।

कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ। जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन हुन लागेको हो । शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।

पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि नै ब्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...
spot_img
spot_img
spot_img