Thursday, March 20, 2025
spot_img
spot_img

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँड, ३ जनाले पाए ११ कित्ता शेयर

स्वरोजगार लघुवित्तले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज शुक्रबार एफपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार एफपीओमा कुल १७ लाख ८० हजार ४ सय ५७ जनाको आवेदन परेको थियो । जस मध्ये १७ लाख ७७ हजार ७ सय ९३ जनाको आवेदन मात्र शेयर पाउन योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस मध्ये १९ हजार ५ सय ७७ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये ३ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् । एफपीओको नतिजा केहि समयपछि हेर्न सकिने छ।

क्यापिटलले फागुन १८ गतेदेखि फागुन २१ गतेसम्म एफपीओ निष्काशन गरेको थियो। कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको १ लाख ९५ हजार ७ सय ७३ कित्ता एफपीओ निष्काशन गरेको थियो।

कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको हो।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २७ गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

संचालकबीच नै विवाद भएपछि गोर्खाज फाइनान्सका सीइओको नियुक्ति खारेज

गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीको नियुक्ति...

महासंघद्धारा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव प्रस्तुत

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक बर्ष २०८२।८३ को नीति...

सुनको भाउ स्थिर, चाँदीको घट्यो

आज बिहिबार सुनको भाउ स्थिर छ । बुधबार प्रतितोला...

सुरु भयो यस वर्षको एसइई परीक्षा, असार ७ भित्रै नतिजा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ।...

आज डलर र युरोको मूल्य घट्यो, अरु विदेशी मुद्राको दर कति ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको...

माछापुच्छ्रे क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

माछापुच्छ्रे क्यापिटल लिमिटेडले फागुन २२ गतेदेखि निष्काशन गरेको सामुहिक...
spot_img