Thursday, March 20, 2025
spot_img
spot_img

वैशाख ३ देखि म्युचुअल फण्डको इकाई निष्काशन गर्दै रिलायबल क्यापिटल

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले २०८२ वैशाख ३ गतेदेखि सामुहिक लगानी कोषको इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले रिलायबल म्युचुअल फण्ड नाम अन्तर्गत १ अर्ब रुपैयाँ बराबरको रिलायबल समृद्धि योजना नामको बन्दमुखी सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्ने छ ।

यस योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गर्ने छ। जस मध्ये कोष प्रबर्दक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई र योजना व्यवस्थापक रिलायबल क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ।  बाँकि रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम अधिकतम १ करोड कित्ताको लागि आवेदन दिन सकिने छ। इकाई निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।   यस निष्काशनमा छिटोमा वैशाख ७ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा वैशाख वैशाख १७ गतेसम्म आवेदन दिन सकिने छ।

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

संचालकबीच नै विवाद भएपछि गोर्खाज फाइनान्सका सीइओको नियुक्ति खारेज

गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीको नियुक्ति...

महासंघद्धारा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव प्रस्तुत

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक बर्ष २०८२।८३ को नीति...

सुनको भाउ स्थिर, चाँदीको घट्यो

आज बिहिबार सुनको भाउ स्थिर छ । बुधबार प्रतितोला...

सुरु भयो यस वर्षको एसइई परीक्षा, असार ७ भित्रै नतिजा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ।...

आज डलर र युरोको मूल्य घट्यो, अरु विदेशी मुद्राको दर कति ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको...

माछापुच्छ्रे क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

माछापुच्छ्रे क्यापिटल लिमिटेडले फागुन २२ गतेदेखि निष्काशन गरेको सामुहिक...
spot_img