Thursday, March 20, 2025
spot_img
spot_img

अर्बिट इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक चयन

अर्बिट इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ। कम्पनीले कुमारी क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो ।

उक्त सम्झौता—पत्रमा अर्बिट इनर्जी लिमिटेडका तर्फबाट महाप्रबन्धक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।  कम्पनीले ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

यस कम्पनीले संखुवासभामा २१.६ मेगावाटको सभाखोला बि जलविद्युत आयोजना र ६.३ मेगावाटको सभा खोला सी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीका आयोजनाको ५५ प्रतिशत निर्माण सम्पन्न भईसकेको छ।   आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राईभेट लिमिटेड तथा इटालीको ट्रोएर एजी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरि अबको १ बर्ष भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको पनि लगानी रहेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

संचालकबीच नै विवाद भएपछि गोर्खाज फाइनान्सका सीइओको नियुक्ति खारेज

गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीको नियुक्ति...

महासंघद्धारा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव प्रस्तुत

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक बर्ष २०८२।८३ को नीति...

सुनको भाउ स्थिर, चाँदीको घट्यो

आज बिहिबार सुनको भाउ स्थिर छ । बुधबार प्रतितोला...

सुरु भयो यस वर्षको एसइई परीक्षा, असार ७ भित्रै नतिजा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ।...

आज डलर र युरोको मूल्य घट्यो, अरु विदेशी मुद्राको दर कति ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको...

माछापुच्छ्रे क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

माछापुच्छ्रे क्यापिटल लिमिटेडले फागुन २२ गतेदेखि निष्काशन गरेको सामुहिक...
spot_img