माछापुच्छ्रे क्यापिटलले सामुहिक लगानी कोष योजना ‘म्युचुअल फण्ड’ संचालन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले माघ २० गते क्यापिटललाई एमबिएल इक्विटी फण्ड नामको बन्दमुखी म्युचुअल फण्ड निष्काशनको अनुमति दिएको हो ।
यस फण्डको आकार १ अर्ब २० करोड रहेको छ। फण्डले प्रति इकाई १० रुपैयाँको दरले १२ करोड इकाई निष्काशन गर्ने छ। यो माछापुच्छ्रे क्यापिटलको पहिलो म्युचुअल फण्ड हुने छ।