एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले साधारण शेयरतर्फ हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै बैंकले अविमोच्य असंचिती अग्राधिकार शेयरतर्फ ८.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको छ।
राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।










