आइसिएफसि फाइनान्स लिमिटेडले आज माघ ९ गतेदेखि ऋणपत्रको बिक्री खुला गरेको छ। कम्पनीले प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्य कायम भएका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो।
जस मध्ये १ लाख ८० हजार कित्ता अर्थात् १८ करोड रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट बिक्री हुने छ। १ लाख २० हजार कित्ता अर्थात् १२ करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्री हुने छ। सर्वसाधारणलाई छुट्याईएको १ लाख २० हजार कित्ता मध्येबाट ६ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि बिक्री हुने छ।
यस ऋणपत्रमा आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। लगानीकर्ताले छिटोमा माघ १३ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ २३ गतेसम्म आवेदन दिन सक्ने छन् । ७ वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्ने छ।
ऋणपत्र निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले पुस १६ गते कम्पनीलाई ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको थियो।