Tuesday, July 15, 2025

सन नेपाल लाइफ इन्स्योरेन्सको २ लाख कित्ता बढी शेयर आजदेखि लिलाममा

spot_img
spot_img

सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार २३ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बिक्री खुला गरेको छ। कम्पनीले संस्थापक र सर्वसाधारण समूहको गरि कुल २ लाख २४ हजार ७ सय २८ कित्ता शेयर लिलाममा ल्याएको हो।

जस मध्ये संस्थापक समुहको ८० हजार २ सय २२ कित्ता शेयर तथा सर्वसाधारण समुहको १ लाख ४४ हजार ५ सय ६ कित्ता शेयर रहेको छ।  यस लिलामी प्रक्रियाको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

लिलामीको शेयरमा आवेदन दिंदा साधारणशेयरको हकमा न्युनतम १००  कित्ताको लागि र संस्थापक शेयरको हकमा न्युनतम १००० कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । संस्थापक शेयरको हकमा हाल कायम संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्ने छन्। इच्छुक लगानीकर्ताले असार ३० गतेसम्म आवेदन दिन सक्ने छन् ।

निम्न स्थानमा आवेदन दिन सकिने छ ।

कम्पनीले वैशाख ३० देखि असार ३ गतेसम्म १:०.२७ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २७ प्रतिशतले हुन आउने  १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रदमा बिक्री नभएको शेयर लिलाम हुन लागेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...

नेप्सेमा ट्रेड टावरको शेयर सूचीकृत, बुधबार कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्जमा ट्रेड टावर लिमिटेडको शेयर सूचीकृत भएको...

हिम स्टार उर्जा कम्पनीको आईपीओ बाँडफाँड मिति तय

हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ...
spot_img