Wednesday, July 9, 2025

बुढानिलकण्ठ हेरिटेज लिमिटेडको साधारणसभा आह्वान, हकप्रदपछि आईपीओ आउने

spot_img
spot_img

बुढानिलकण्ठ हेरिटेज लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर १४ गते शुक्रबार साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको सभामा आईपीओ तथा हकप्रद निष्काशन गर्ने सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आईपीओ निष्काशन अगावै हाल कायम लगानीकर्ताको लागि २९.५६ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो।

कम्पनीले काठमाडौँको बुढानीलकण्ठमा पाँचतारे होटेल निर्माण गरेको छ । करिब १३ रोपनी क्षेत्रफलमा बनेको होटेल नौ तलाको रहेको छ।

होटलमा शिक्षाविद् डा. राजेन्द्र केसी, व्यवसायीहरू बाबुकाजी कार्की, हरिप्रसाद पाठक, जलेश्वर पाण्डे, सिए दीपक पाण्डेय, अम्बिकाप्रसाद पौडेल, सिए नवराज बुर्लाकोटी, जनकप्रसाद भट्ट तथा दीपेन्द्र श्रेष्ठलगायत विभिन्न क्षेत्रमा कार्यरत टिमको संयुक्त लगानी रहेको छ । होटेलको व्यवस्थापनमा भारतीय कम्पनी लेमन ट्रीलाई भित्र्याइएको छ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

सामान्य प्रस्तावहरु
१. आ.व. २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व.२०८०/०८१ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०६१ / ०८२ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिका शर्तहरु तोक्ने ।

४. सञ्चालक समितिको तर्फबाट आ.व. २०६०।०६१ मा गरेका निणर्यहरु अनुमोदन गर्ने ।

बिशेष प्रस्तावहरु :
१. कम्पनीको अधिकृत पूंजी तथा जारी पूंजी बृद्धि गर्ने सम्बन्धमा ।

२. कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा (१), (२), (३), (४) र (५) र नियमावलीको नियम ५ संशोधन गर्ने सम्बन्धमा ।

३. हाल कायम रहेको चुक्ता पूंजी रु.८५ करोडको २९.५६ प्रतिशतका दरले हुन आउने हकप्रद शेयर साविकको शेयरधनिहरुलाई मात्र विक्री गर्ने सम्बन्धमा ।

४. धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) गर्ने सम्बन्धमा ।

५. कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने क्रममा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img