आँखुखोला जलविद्युत कम्पनीले आजको लागि तय गरेको साधारणसभा स्थगित भएको छ । साधारणसभा संचालन गर्नको लागि आवश्यक गणपुरक संख्या (कोरम) नपुगेपछि सभा स्थगित गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले आज कार्तिक १२ गते मैतीदेवीको वैभव पार्टी प्यालेसमा सभा आह्वान गरेको थियो । अब कम्पनीले साधारणसभाको लागि अर्को मिति तय गर्ने छ।
कम्पनीको साधारणसभामा अध्यक्षको आ.व. २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आ.व. २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , आगामी आ.व. २०७१/०८२ को लागि लेखा परिक्षक नियुक्त गर्ने र पारिश्रमिक निधारण गर्ने स्वतन्त्र संचालकको नियुक्ति उपर छलफल गरी अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने तयारी थियो।