मुक्तिनाथ क्यापिटलले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज ११ गते शुक्रबार साधारणसभा आह्वान गरेको हो ।
कम्पनीको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आ.व.२०८०/०८१ को मुनाफाबाट ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यो कम्पनी मुक्तिनाथ विकास बैंकको सहायक कम कम्पनी भएकोले सो लाभांश बैंकले पाउने छन् ।
यस्ता छन् क्यापिटलको साधारणसभामा पेश हुने प्रस्तावहरु:
१. १५ औं बार्षिक साधारण सभाका लागि सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिबेदन उपर छलफल गरी पारित गर्ने ।
२. लेखापरिक्षकको प्रतिबेदन सहितको २०८१ आषाढ मसान्तको वासलात र सोहि मितिमा समाप्त आ.व.२०८०/०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने ।
३. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ७.५ प्रतिशत नगद लाभांश कर सहित पारित गर्ने ।
४. आ.व.२०८१/०८२ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने।
५. सञ्चालकको नियुक्ती सम्बन्धमा ।
६: विशेष प्रस्ताव : नियमावलीको नियम ३२ (ख) संशोधन गर्ने ।