Friday, September 13, 2024

बरुण हाइड्रोले दशैँ अगाडी नै साधारणसभा गर्ने, यस्ता छन् ९ प्रस्ताव

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज १३ गते साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

(१) संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८० / ०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८०/०८१ को लेखा परीक्षण प्रतिवेदन, वासल नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने ।

(३) आ.व. २०८१/०८२ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने ।

(४) आ.व.२०८०/०८१ मा संचालक समितिबाट भए गरेका निर्णय, काम कारवाहीहरु अनुमोदन गर्ने ।

(५) हकप्रद शेयर अनुमोदन सम्बन्धमा ।

(६) लगानी सम्बन्धमा ।

विशेष प्रस्ताव :

(१) कम्पनीको प्रबन्धपत्र, नियमावली संसोधन गर्ने ।

(२) गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा ।

(३) कम्पनीको प्रबन्धपत्र, नियमावलीमा नियामक निकायवाट फेरबदल, संसोधन, थपघट गर्नुपर्ने सुझाव प्राप्त आएमा तथा कम्पनी गाभ्ने, गाभीने तथा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक सम्पुर्ण कार्य गर्न संचालक समितीलाई अख्तियारी दिने ।

spot_img

- Advertisement -

spot_img
spot_img

हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति, आगामी वर्षको लागि निवेदन आह्वान

नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...

दीपल एक्सचेन्ज कानिर्भलः जुनसुकै ब्राण्डका पुराना गाडी ‘दीपल ईभी’सँग साट्न सकिने

नेपालका लागि चाङ्गन तथा दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू...

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

इन्डोनेशियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका सीईओबीच भेटवार्ता, सहकार्य गर्ने प्रतिवद्धता

इन्डोनेशियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी...