पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज ९ गते एयरपोर्ट होटेल सिनामंगलमा सभा आह्वान गरेको हो ।
कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १०.५२६ प्रतिशतले हुन आउने ३ करोड १५ लाख ७८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सभामा साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गरि छलफल तथा पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरि छलफल तथा पारित गर्ने, आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन्।
त्यस्तै कम्पनीको आईपीओ निष्कासन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पेश हुने छन् । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
सुन्दरहरैचा ०९, मोरङ्ग, बिराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले विगत २५ बर्षदेखि आफनो उत्पादन तथा बिक्री बितरण गर्दै आएको छ । कम्पनीका अनुसार हाल नेपाल र ९३ भन्दा बढी डिलर र ११,००० भन्दा बढी खुद्रा व्यापारी रहेका छन् । बिदेशबाट विभिन्न ब्राण्डको आयातीत ल्युबरिकेन्टलाई प्रतिष्थापन गर्दे नेपालको हाल एक अग्रणी ल्युबरिकेन्ट कम्पनी बन्न सफल भएको र विभिन्न प्रकारका PLO ब्राण्डको ल्युबरिकेन्ट उत्पादन, बिक्री वितरण गरिरहेको कम्पनीले जनाएको छ ।