Thursday, May 22, 2025
spot_img

ब्रोकर नम्बर ८९ को नाम परिवर्तन गर्ने ग्लोबल सेक्युरिटिज राख्ने तयारी, एजीएम आह्वान

ब्रोकर नम्बर ८९ जेबिएनएल सेक्युरिटिजले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज ११ गते नयाँ बानेश्वर स्थित आफ्नै कार्यालयमा साधारणसभा गर्न लागेको हो ।

कम्पनीको साधारणसभामा कम्पनीको नाम परिवर्तन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले नाम परिवर्तन गरेर “ग्लोबल आइएमई सेक्यूरिटिज लिमिटेड” राख्ने तयारी गरेको छ।

यो कम्पनी साविकको जनता बैंकको सहायक कम्पनीको रुपमा स्थापना भएको थियो । पछि जनता बैंक ग्लोबल आईएमई बैंकमा मर्ज भएपछि यो कम्पनी ग्लोबल आईएमई बैंकको सहायक कम्पनी बनेको हो । अब कम्पनीको नाम पनि सोहि अनुसार परिवर्तन गर्न लागिएको हो ।

यस्ता छन् कम्पनीको साधारणसभामा पेश हुने प्रस्तावहरु :

१. आ.व. २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. कम्पनीको लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गर्ने ।

३. चालु आ.व. २०८१/८२ को लागि लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. नियामक निकायको स्वीकृति लिई कम्पनीको नाम परिवर्तन गरि “ग्लोबल आइएमई सेक्यूरिटिज लिमिटेड” राख्ने । यसको लागि कम्पनीको प्रबन्ध-पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने ।

५. सञ्चालक समितिको बैठक भत्ता तथा सेवा सुविधा अनुमोदन तथा पारित गर्ने ।

६. सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने निर्णय पारित गर्ने ।

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...

एभरेष्ट कलरको जारी पूँजी बढ्यो, ७ लाख ९० हजार कित्ता आईपीओ जारी हुने

एभरेष्ट कलर लिमिटेडको विशेष वार्षिक साधारणसभा सम्पन्न भएको छ...
spot_img