Monday, February 17, 2025
spot_img

ब्रोकर नम्बर ९१ सिविआइएल सेक्युरिटिजको साधारणसभा आह्वान, ५.२६ प्रतिशत लाभांश

ब्रोकर नम्बर ९१ सिविआइएल सेक्युरिटिजले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज ६ गते कुपन्डोल स्थित आफ्नै कार्यालयमा साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशतका दरले हुन आउने रकम रु.१,०५, २६,३१५.७९/- (अक्षरेपी एक करोड पाँच लाख छब्बीस हजार तीन सय पन्ध्र रुपैंया उनासी पैसा मात्र) नगद लाभांश (लाभांश कर समेत ) वितरण गर्न प्रस्ताव गरेको छ।

यो कम्पनी सिटिजन्स बैंकको शतप्रतिशत स्वामित्व भएको सहायक कम्पनी हो ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: 

१. आ.व. २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित आषाढ मसान्तको कम्पनीको वासलात र मिति २०८०/०४/०१ देखि  ०२०८१/०३/३१ सम्मको नाफा नोक्सानीको हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका सम्पुर्ण वित्तीय विवरण
छलफल गरी पारित गर्ने ।

३. संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५.२६ प्रतिशतका दरले हुन आउने रकम रु.१,०५, २६,३१५.७९/- (अक्षरेपी एक करोड पाँच लाख छब्बीस हजार तीन सय पन्ध्र रुपैंया उनासी पैसा मात्र) नगद लाभांश (लाभांश कर समेत ) वितरण गर्न स्वीकृत गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८१/८२ को लागि लेखापरिक्षण समितिको सिफारिसमा लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५. यस कम्पनीको नियमावली अनुसार गरिएको संचालक नियुक्ति अनुमोदन गर्ने ।

विशेष प्रस्ताव
१. संचालक समितिले प्रस्ताव गरे बमोजिम संचालकहरुको बैठक भत्ता वृद्धि गर्ने ।

- Advertisement -

spot_img

कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा छुट

कुमारी बैंक लिमिटेड र सूर्यविनायक–१०, मिलनचोक, भक्तपुर, स्थित सूर्यविनायक...

अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य अझै केही दिन अस्पताल मै

उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज...

बीमा प्राधिकरणमा उच्च तहका १० जना कर्मचारीको बढुवा सिफारिस, को को परे ?

नेपाल बीमा प्राधिकरणमा १० जना कर्मचारीको बढुवा सिफारिस भएको...

आजलाई पनि टर्यो गभर्नर अधिकारीको योग्यता विवादको मुद्दामा सुनुवाई

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतालाई लिएर परेको...

नाडा र नाडाका प्रादेशिक एसोसियशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका प्रादेशिक एसोसियशनबीच...

उपभोक्ता अदालतः ठगिएका उपभोक्ताले ‘न्याय’ पाउने ठाउँ

उपभोक्ता अधिकारकर्मीका अनुसार ठगिका मुद्दा र उजुरीमध्ये वस्तु, सेवा...