कुमारी क्यापिटलले साधारणसभा आह्वान गरेको छ। क्यापिटलले असोज ३ गते कुमारी बैंकको टंगाल स्थित कार्यालयमा साधारणसभा आह्वान गरेको हो ।
क्यापिटलको साधारणसभामा लाभांश वितरण सहितका विविध प्रस्ताव पेश हुने छन् । क्यापिटलले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस्ता छन् क्यापिटलको साधारणसभामा पेश हुने प्रस्तावहरु:
१. आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने ।
३.सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन आउने लाभांश कर सहित रु.६,००,००,०००/- (अक्षरेपी छ करोड रुपैया मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने ।
४. आ.व. २०८१ / ०८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।
५. स्वतन्त्र सञ्चालकको नियुक्ती सम्बन्धमा ।