पशुपती रिन्यूएबल्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार कम्पनीका अध्यक्ष डा. सन्दिप शाहको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
सभाले संचालक समितिको प्रतिवेदन, तथा लेखापरिक्षकको प्रतिवेदन सहित आ.व. २०८१/८२ को वित्तिय विवरणहरु पारित गरेको छ । साथै सभाले आ.व. २०८२/८३ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालकहरुको नियुक्ति अनुमोदन गर्ने, संचालकहरुको बैठक भत्ता तथा सुविधा पुनरावलोकन गर्ने र व्यवस्थापनमा संलग्न सञ्चालकहरुको पारिश्रमिक पुनरावलोकन गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीले कपिलवस्तुमा १० मेगावाट क्षमताको धरमनगर सोलार आयोजना १ र १५ मेगावाट क्षमताको धरमनगर सोलार फार्म २ गरि कुल २५ मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । यी आयोजनाले क्रमश २०८२ वैशाख ४ र २०८२ जेठ २८ बाट व्यापारिक उत्पादन थालेका हुन् । आयोजनाबाट उत्पादित विद्युत ३३ के.भी. प्रसारण लाईन मार्फत नेपाल विद्युत प्राधिकारणको शिवपुर सब-स्टेशनमा जोडिएको छ ।
यस कम्पनीले आईपीओ निष्काशनको पनि तयारी गरिरहेको छ, जसको लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।












