कालिन्चोक दर्शन लिमिटेडले आज पुस १५ गते साधारणसभा गर्दै छ । कम्पनीको साधारणसभा काठमाडौँको गौशाला स्थित होटेल बद्रीनाथमा भन ११:३० बजे सुरु हुनेछ।
सभामा लाभांशसहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ६० करोड रहेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
त्यस्तै सभामा १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि पेश हुने छ ।












