Saturday, January 17, 2026
spot_img

नेशनल क्यापिटलको साधारणसभा आह्वान, ७ प्रतिशत लाभांश प्रस्ताव

spot_img
spot_img

नेशनल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेशनल क्यापिटल लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २० गते साधारणसभा बोलाएको हो।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजी २० करोडको ७ प्रतिशतको दरले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै कम्पनीले २ जना स्वतन्त्र संचालक राख्नको लागि नियमावली संशोधन गर्ने भएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर मर्चेन्ट बैंकिङ सम्बन्धि सेवा प्रदान गर्दै आएको छ। क्यापिटलका प्रमुख कार्यकारी अधिकृत अर्पण खनाल रहेका छन् । खनाल सहितका लगानीकर्ताले सन् २०१८ मा खनाल प्रधानाङ्ग इन्भेष्टमेन्ट सर्भिसेज स्थापना गरेका थिए । थप पुँजी सहित प्रधानाङ्ग इन्भेष्टमेन्ट सर्भिसेजमा नेशनल लाइफ इन्स्योरेन्स भित्रिएर नेशनल क्यापिटल बनेको हो । नेशनल  क्यापिटलमा नेशनल लाइफ इन्स्योरेन्सको बहुमत लगानी रहेको छ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सहकारीमा भएका बेथिति छानबिनका लागि सरकारले बनायो जाँचबुझ आयोग

सरकारले सहकारीमा भएको बेथिति छानबिनका लागि जाँचबुझ आयोग गठन...

निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको नेपाली काङ्ग्रेसलाई आधिकारिकता प्रदान

निर्वाचन आयोगले गगन थापा नेतृत्वको काङ्ग्रेसलाई नेपाली काङ्ग्रेसको आधिकारिता...

विश्व व्यापार सहजीकरणका लागि आईसीसीद्वारा जारी इन्कोटम्र्स २०२० बारे छलफल

विश्वव्यापी व्यापार सहजीकरणका लागि अन्तराष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

बैंक र कर्मचारीमाथि आक्रमण बढेपछि गभर्नरले प्रहरी प्रमुख र बैंकर्ससँग गरे छलफल

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीमाथि...

पन्चकन्याका दुई उद्योगको विद्युत बक्यौता विवाद: प्राविधिक निरीक्षण गराउन आयोगको आदेश

पन्चकन्या ग्रुप अन्तर्गतका दुइ उद्योगको विद्युत बक्यौता विवादमा विद्युत...

अब लघुवित्तले ग्राहक संरक्षण कोषको पैसा सबै ग्राहकको हितमा प्रयोग गर्नु पर्ने

अब लघुवित्त कम्पनीहरुले ग्राहक संरक्षण कोष (Client Protection Fund)...
spot_img
spot_img