मारुती सिमेन्ट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर १५ गते साधारणसभा आह्वान गरेको हो ।
कम्पनीको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सभामा कम्पनीको वार्षिक प्रतिवेदन , लेखापरीक्षण प्रतिवेदन, लगायत अन्य वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
यस कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ । कम्पनीले प्रति कित्ता ३७७ रुपैयाँमा १ करोड १६ लाख कित्ता शेयरको सार्वजनिक निष्काशनको लागि अनुमति माग गर्दै २०८० पुस २६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ।












