Saturday, July 11, 2026
spot_img

ब्रोकर नम्बर ३६ सेक्युर्ड सेक्युरिटिजले ४८ प्रतिशत लाभांश दिने, मर्जरमा जाने प्रस्ताव

spot_img

ब्रोकर नम्बर ३६ सेक्युर्ड सेक्युरिटिजले साधारणसभा आह्वान गरेको छ। कम्पनीले भदौ २७ गते साधारणसभा आह्वान गरेको हो।

कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ३३.३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १४.६७ प्रतिशत नगद लाभांश गरि कुल ४८ प्रतिशत लाभांश पस्ताव गरेको छ। कम्पनीको सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

त्यस्तै कम्पनीको सभामा उपयुक्त अन्य ब्रोकर कम्पनीसँग मर्जरमा जाने, र त्यसको लागि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

१.आ.व. २०८१/०८२ को संचालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा अनुमोदन गर्ने ।

२. लेखा परिक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आ.व. २०८१/८२ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने ।

३. आ.व. २०८२ / ०८३ को लेखा परिक्षणका लागि के.शी. सापकोटा एण्ड एसोशियट्सलाई लेखापरिक्षकमा नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको १४.६७ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत ) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

५. विविध ।

विशेष प्रस्ताव 

१. संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको ३३.३३ प्रतिशत बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

२. प्रस्ताव नं. १ बमोजिम कम्पनीको साविक जारी र चुक्ता पुँजीमा हुने वृद्धि अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सोका लागि संचालक समितिलाई वा संचालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।

३. कम्पनीले अन्य कुनै एक वा एकभन्दा बढी धितोपत्र दलाल व्यवसायी संस्थाहरूसँग एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर प्राप्ति समिति गठन गर्ने, उपयुक्त धितोपत्र दलाल व्यवसायीसँग समझदारी (Memorandum of Understanding ) गर्ने, सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन ( Due Diligence Audit) गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ती गर्ने गराउने, मूल्याङ्कनकर्ताको पारिश्रमिक तोक्ने, शेयर आदान प्रदान अनुपात ( Share Swap Ratio) निर्धारण गर्ने, गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) गर्न अन्तिम सम्झौता गर्ने लगायतका मर्जर तथा एक्विजिसनसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img