वल्डलिंक कम्युनिकेशन लिमिटेडले अन्तरिम लाभांश वितरण गर्ने भएको छ। कम्पनीले अन्तरिम लाभांश वितरण गर्ने प्रस्ताव सहित असार २७ गते विशेष साधारणसभा आह्वान गरेको छ।
कम्पनीको विशेष साधारणसभामा अन्तरिम लाभांश वितरण गर्ने बाहेक संचालक नियुक्त गर्ने, कम्पनी ऐनको दफा १०५ र १७६ बमोजिम ऋण लिन स्वीकृति दिने, लगायतका प्रस्ताव पेश हुने छन् ।
वल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी हो। नेपाल दुरसंचार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालमा २०८२ वैशाखसम्ममा फिक्स्ड ब्रोडब्याण्ड प्रयोग गर्ने ग्राहकको संख्या ३१ लाख ३२ हजार ३ सय ५० पुगेको छ। कुल ३१ लाख ३२ हजार ३ सय ५० ग्राहक मध्ये वल्डलिंक कम्युनिकेशन एक्ल्यैसँग १० लाख ३ हजार ९ सय ४९ ग्राहक छन् । जुन कुल ग्राहक संख्याको ३२.०५ प्रतिशत हो।