Tuesday, February 10, 2026
spot_img

राष्ट्रिय जीवन बीमा कम्पनीले बोलायो साधारणसभा, पुँजी वृद्धि योजना अनुमोदन हुने

spot_img
spot_img

राष्ट्रिय जीवन बीमा कम्पनीले आफ्नो प्रथम साधारणसभा आह्वान गरेको छ । कम्पनीले २०८२ साल वैशाख ३ गते साधारणसभा आह्वान गरेको हो ।

यो साविकको राष्ट्रिय बीमा संस्थान हो । राष्ट्रिय जीवन बीमा कम्पनीमा परिणत भएपछि कम्पनीले पहिलो पटक साधारणसभा गर्न लागेको हो । कम्पनीले आर्थिक वर्ष २०६९/७० देखि आर्थिक वर्ष २०७३/७४ सम्म अग्री कुल ५ आर्थिक वर्षको साधारणसभा एक साथ गर्न लागेको हो ।

यो कम्पनी दोस्रो बजारमा सुचिकृत छैन । कम्पनीले निकट भविष्यमा आईपीओ निष्काशन गर्ने छ। सोहि अनुसार आगामी साधारणसभामा कम्पनीको पुंजी वृद्धि योजना पनि अनुमोदनको लागि पेश हुदै छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

१.सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. नेपाल सरकार ( मन्त्रीस्तर) को मिति २०८१।०२।०३ को निर्णय र तत्पश्चात् गठित सञ्चालक समितिलाई अनुमोदन गरी सोही सञ्चालक समितिलाई निरन्तरता दिने।

३. लेखा परीक्षकको प्रतिवेदन सहितको साबिक राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६९/७०, २०७०/७१, २०७१/७२, २०७२|७३ र २०७३/७४ सम्मको वासलात, नाफा / नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू सहित अनुसूचीहरू छलफल गरी पारित गर्ने।

४. आर्थिक वर्ष २०७६/७७, २०७७/७८ र २०७८।७९ को लेखा परीक्षण गर्न श्री महालेखा परीक्षक कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका वाह्य लेखा परीक्षकद्वय सुवास पौडेल र  विजय सिंह पराजुलीको नियुक्ति र निजहरूको पारिश्रमिक अनुमोदन गर्ने ।

(ख) विशेष प्रस्ताव ।
१. कम्पनीको सञ्चालक समितिको मिति २०८१।०३।३० गते बसेको ५५ औँ बैठकले स्वीकृत गरेको पुँजी वृद्धि योजनालाई अनुमोदन गर्ने ।

२. कम्पनीको प्रवन्ध पत्र र नियमावली, २०८० मा समयानुकूल संशोधन समेतका कार्य गर्न, गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनावसँग सम्बन्धित टिकटक भिडियो बनाएर ५० हजार जित्ने अवसर

निर्वाचन आयोगले चुनावसँग सम्बन्धित भिडियोहरुलाई पुरस्कृत गर्ने भएको छ...

चुनाव आउँन अब २३ दिन मात्र बाँकी, १०० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउँन...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...

सीडीएसकी प्रविन पन्दाकको नियुक्ति बदरको माग गर्दै रिट दायर

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध संचालक प्रविन पन्दाकको नियुक्ति...

महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर...

भुजुङ्ग हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...
spot_img