राष्ट्रिय जीवन बीमा कम्पनीले आफ्नो प्रथम साधारणसभा आह्वान गरेको छ । कम्पनीले २०८२ साल वैशाख ३ गते साधारणसभा आह्वान गरेको हो ।
यो साविकको राष्ट्रिय बीमा संस्थान हो । राष्ट्रिय जीवन बीमा कम्पनीमा परिणत भएपछि कम्पनीले पहिलो पटक साधारणसभा गर्न लागेको हो । कम्पनीले आर्थिक वर्ष २०६९/७० देखि आर्थिक वर्ष २०७३/७४ सम्म अग्री कुल ५ आर्थिक वर्षको साधारणसभा एक साथ गर्न लागेको हो ।
यो कम्पनी दोस्रो बजारमा सुचिकृत छैन । कम्पनीले निकट भविष्यमा आईपीओ निष्काशन गर्ने छ। सोहि अनुसार आगामी साधारणसभामा कम्पनीको पुंजी वृद्धि योजना पनि अनुमोदनको लागि पेश हुदै छ ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :
१.सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन छलफल गरी पारित गर्ने ।
२. नेपाल सरकार ( मन्त्रीस्तर) को मिति २०८१।०२।०३ को निर्णय र तत्पश्चात् गठित सञ्चालक समितिलाई अनुमोदन गरी सोही सञ्चालक समितिलाई निरन्तरता दिने।
३. लेखा परीक्षकको प्रतिवेदन सहितको साबिक राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६९/७०, २०७०/७१, २०७१/७२, २०७२|७३ र २०७३/७४ सम्मको वासलात, नाफा / नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू सहित अनुसूचीहरू छलफल गरी पारित गर्ने।
४. आर्थिक वर्ष २०७६/७७, २०७७/७८ र २०७८।७९ को लेखा परीक्षण गर्न श्री महालेखा परीक्षक कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका वाह्य लेखा परीक्षकद्वय सुवास पौडेल र विजय सिंह पराजुलीको नियुक्ति र निजहरूको पारिश्रमिक अनुमोदन गर्ने ।
(ख) विशेष प्रस्ताव ।
१. कम्पनीको सञ्चालक समितिको मिति २०८१।०३।३० गते बसेको ५५ औँ बैठकले स्वीकृत गरेको पुँजी वृद्धि योजनालाई अनुमोदन गर्ने ।
२. कम्पनीको प्रवन्ध पत्र र नियमावली, २०८० मा समयानुकूल संशोधन समेतका कार्य गर्न, गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।