Saturday, April 19, 2025
spot_img

अपर हेवाखोला हाइड्रोले बोलायो विशेष साधारणसभा, हकप्रद सहितका ३ प्रस्ताव पेश हुने

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले विशेष साधारणसभा बोलाएको छ । कम्पनीले चैत्र २२ गते विशेष साधारणसभा बोलाएको हो ।

विशेष साधारणसभामा हकप्रद निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भएमा सो अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने दिने प्रस्ताव पेश हुने छन् ।

कम्पनीको फागुन ७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी ५० करोडको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले मातृभूमि हाइड्रोपावरले विकास गरिरहेको १५ मेगावाट क्षमताको सिसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्न र अपर हेवाखोला साना जलविद्युत आयोजना ( ८.५ मे.वा) को निर्माण गर्दा बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण घटाउनको लागि हकप्रद निष्कासन गर्ने जनाएको छ ।

कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि चैत्र १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

यस्ता छन् कम्पनीको विशेष साधारणसभामा पेश हुने प्रस्तावहरु:

१. कम्पनीको हाल कायम चुक्ता पुँजी रु.५० करोडको १:१ अनुपातको साधारण शेयरको हकप्रद सार्वजनिक निष्काशन गर्ने सम्बन्धमा ।

२. हकप्रद शेयर जारी गरेपश्चात् कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्रमा आवश्यक दफाहरु संशोधन गर्ने सम्बन्धमा ।

३. कम्पनीको प्रबन्धपत्रमा गरिएको संशोधनको स्वीकृति तथा अभिलेख गराउने सिलसिलामा नियामक निकायबाट कुनै परिमार्जन, संशोधन वा फेरबदल गर्न सुझाव वा निर्देशन भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फोहोर वर्गीकरण गर्न महानगरले वडालाई दियो एक एक लाख

काठमाडौं महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न एक एक...

परीक्षा बोर्डले भन्योः कक्षा १२ को परीक्षा सरेको छैन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी...

रेडमी ए५ नेपालमा सार्वजनिक, मूल्य कति ?

शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी...

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा सडक आश्रितलाई १८ दिन भोजन

सिटिजन्स बैंकले आफ्नो १८औं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र...

नाडासँग बीमा प्राधिकरणका अध्यक्षले भने, ‘ईभीको लागि छुट्टै बीमा पोलिसी बन्दैछ’

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका प्रतिनिधिमण्डलले बीमा प्राधिकरणका अध्यक्ष...

हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा आएको छ...
spot_img