Friday, December 12, 2025
spot_img

कोरम नपुगेर सिन्धु विकास बैंकको साधारणसभा स्थगित, नयाँ मिति तय

spot_img

सिन्धु विकास बैंकको साधारणसभा कोरम नपुगेर स्थगित भएको छ । बैंकले  फागुन २८ गते आर्थिक बर्ष २०७९ / ०८० तथा आर्थिक बर्ष २०८० / ०८१ को साधारण सभा बोलाएकोमा सो दिन गणपुरक संख्या नपुगेपछि साधारणसभा स्थगित भएको हो ।

अब बैंकले चैत्र ८ गते शुक्रबारको लागि साधारणसभा बोलाएको छ। बैंकको साधारणसभामा विशेष प्रस्ताव अन्तर्गत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि पेश हुने छ। कम्पनीले २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

१) संचालक समितिकोतर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक बर्ष २०७९ / ०८० तथा आर्थिक बर्ष २०८० / ०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आ.व. २०७९/०८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गर्ने ।

३) लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आ.व. २०८०/०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गर्ने ।

४) आ.व. २०८० / ०८१ को लेखापरीक्षण सम्पन्न गर्न कम्पनी ऐन २०७३ को दफा ११३ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयबाट भएको बाह्य लेखापरीक्षक श्री सुजन काफ्ले एण्ड यसोसियट्स, चार्टर्ड एकाउण्टेण्ट्सको नियुक्ति तथा निजको पारिश्रमिकको अनुमोदन गर्ने ।

५) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८१/८२ को लेखापरीक्षण सम्पन्न गर्न बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

६) स्वतन्त्र सञ्चालक भरत बहादुर कार्कीको नियुक्तिलाई अनुमोदन गर्ने ।

विशेष प्रस्ताव

१) ने.रा. बैं. निर्देशन बमोजिम प्रदेश स्तरको बिकास बैंक हुनको लागि आवश्यक न्यूनतम चुक्ता पूँजी रु.१२० ( एक सय बीस) करोड पूरा गर्न पहिलो चरणमा हाल कायम रहेको चुक्ता पुँजीमा २ : १ (प्रत्येक २ शेयरमा १ हकप्रद शेयर दिने) अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने ।

२) सिन्धु विकास बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger ) वा प्राप्ति (Aquisition) गर्ने सम्बन्धमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङ्कन (Due Diligence Audit ) गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने, गाभ्ने गाभिने प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्र (Memorandum of Understanding ) तर्जुमा गर्ने र आवश्यक अन्य प्रकृया पूरा गरी सो मा हस्ताक्षर गर्ने अधिकारी तोक्ने लगायतका मर्जर वा प्राप्ति सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रकृया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

३) बैंकको प्रबन्धपत्र र नियमावलीमा पुँजी बृद्धि लगायतका अन्य आवश्यक संशोधन गर्न तथा नियमनकारी निकायहरुबाट थपघट फेरबदल गर्न निर्देशन भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आईएमई लाइफको लाभांश घोषणा

आईएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बिहिबार...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारणसभा आज, लाभांश पारित गर्ने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आज मङ्सिर २६ गते आफ्नो...

सर्वोत्तम सिमेन्ट लिमिटेडको साधारणसभा आज

सर्वोत्तम सिमेन्ट लिमिटेडले आज मङ्सिर २६ गते आफ्नो ७...

सुनचाँदीको भाउमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

आज शुक्रबार सुनको भाउमा भारी वृद्धि भएको छ ।...

रिलायन्सको आईपीओमा म्युचुअल फण्ड र वैदेशिक कोटा दुवैमा १८ गुणा बढीको आवेदन

रिलाइन्स स्पिनिङ मिल्सले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को...
spot_img
spot_img