नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साधारणसभा आह्वान गरेको छ। कम्पनीले फागुन १५ गते साधारणसभा आह्वान गरेको हो ।
बैंकले साधारणसभा प्रयोजनको लागि माघ २९ देखि फागुन १५ सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। माघ २८ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारणसभामा भाग लिन र संचालकको निर्वाचनमा मतदान गर्न सक्ने छन् । बैंकले लाभांश प्रस्ताव गरेको छैन । सर्वोच्च अदालतको आदेशपछि बैंकको यस पटकको साधारणसभामा संचालकको निर्वाचन पनि हुदै छ।
यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु :
१. आर्थिक वर्ष २०६०/०८१ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३१, २०८१ मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ.व. २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने ।
३. यस बैंकको सहायक कम्पनी “एनआइएमबि एस क्यापिटल लिमिटेड” र “एनआइएमवि स्टक मार्केट्स लिमिटेड” समेतको आ.व. २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने ।
४. कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०८१ / ८२ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिश मुताबिक लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने ।
५. संस्थापक शेयरधनीहरुको तर्फबाट ४ (चार) जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ (दुई) जना सञ्चालकहरुको निर्वाचन गर्ने (सञ्चालकहरुको निर्वाचन गर्ने सम्बन्धी उक्त प्रस्ताव यस बैंकको मिति २०८० / १२ / २० मा सम्पन्न ३७ औं वार्षिक साधारण सभामा समेत राखिएकोमा सम्मानित सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशको कारणले उक्त प्रस्ताव अर्थात् निर्वाचनको कार्य स्थगित भएकोमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०८१/०७/१४ मा साविकको अन्तरिम आदेश तथा रिट निवेदन समेत खारेज हुने गरी फैसला भएकोले यस वार्षिक साधारण सभामा सञ्चालकहरुको निर्वाचन गर्ने सम्बन्धि प्रस्ताव पेश गरिएको) ।
विशेष प्रस्ताव
साधारण सभाको निर्णयमा नियमनकारी निकाय वा कार्यालबाट कुनै भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक गर्न सञ्चालकसमितिलाई पूर्ण अख्तियारी दिने ।