Wednesday, July 9, 2025

आइसिएफसि फाइनान्सको साधारणसभा सम्पन्न, ३ जना सञ्चालक निर्विरोध निर्वाचित

spot_img
spot_img

आइसिएफसि फाइनान्स लिमिटेडको एक्काइसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज पुस २९ गते सोमबार कम्पनीको साधारणसभा सम्पन्न भएको हो।

उक्त साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीको ५.२६३२५ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षकमा एन.अमात्य एण्ड कं. चार्टर्ड एकाउन्टेन्टस् लाई नियुक्त गरेको छ।

सभाले संस्थापक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा सुशीलकुमार अर्याल, रचना अधिकारी र अच्युतराज आचार्यलाई आगामी चार वर्षको लागी निर्विरोध निर्वाचित गरेको छ।

चुक्तापुँजी रु.एक अर्ब अठार करोड चौतीस लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालय मार्फत १ लाख भन्दा बढी ग्राहकलाई बैकिङ्ग सेवा दिदैं आएको छ। साथै, संस्थाले चालु आ.व.को असोज मसान्त सम्म रु. १८ अर्ब ६३ करोड निक्षेप संकलन र रु. १५ अर्ब ४३ करोड कर्जा प्रवाह गरिसकेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img