Sunday, November 9, 2025
spot_img

प्रोग्रेशिभ फाइनान्सको २७औं र २८औं साधारणसभा सम्पन्न

spot_img

प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २७औं एवं २८औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष लक्ष्मी प्रसाद महर्जनको अध्यक्षतामा आज २०८१ पौष २९ गते सोमवार साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष महर्जनले संस्थाले आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारेका थिए। उनले चालू आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले सञ्चालन गर्ने कार्यक्रम तथा योजनाहरुहरुबारे जानकारी दिए ।

साधारण सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञाशाहरुको जवाफ दिदै अध्यक्ष लक्ष्मी प्रसाद महर्जनले संस्था अपेक्षित रुपले प्रगति गरिरहेको जानकारी गराए । उनले संस्थाले गत आर्थिक वर्षमा मुनाफा आर्जन गरी शेयरधनीहरुमा आशाको सञ्चार गराएको विचार व्यक्त गरे । उनले शेयरधनीहरुबाट प्राप्त सल्लाह तथा सुझावहरुको सराहना गर्दै आगामी दिनहरुमा यस्ता सुझावहरु कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरे ।

साधारण सभाले आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१को वित्तीय अवस्थाको विवरण, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात स्वीकृत गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८०/८१का लागि कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृति लिई नियुक्त गरिएको बाह्य लेखापरीक्षक रन्जिव एण्ड एशोसिएट्सको नियुक्ति अनुमोदन गरेको छ । त्यसैगरी २०८१/८२का निम्ति बाह्य लेखापरीक्षकका रुपमा डी.जी एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

वित्तीय संस्थाले हाल २३ वटा शाखा कार्यालय तथा चारवटा एक्सटेन्सन काउन्टरहरु मार्फत नवीनतम प्रविधिहरु उपयोग गरी आफ्ना सेवाहरु प्रवाह गरिरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जेन्–जी आन्दोलन: ‘गरिब राष्ट्र’बाट माथि उक्लिने यात्रामा ‘ब्रेक’ !

संयुक्त राष्ट्र संघले नेपाललाई सन् २०२६ को नोभेम्बरमा विकासशील...

नेप्सेमा बुङ्गल हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुङ्गल हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

आईपीओको तयारीमा रहेको मारुती सिमेन्ट्सद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

मारुती सिमेन्ट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर...

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...
spot_img
spot_img
spot_img