गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को २३ औं वार्षिक साधारण सभा आज आइतबार सम्पन्न भएको छ । सो सभाले संचालक समितिको तर्फबाट अध्यक्ष युवराज भण्डारीबाट पेश भएको आ.ब. २०८०÷८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
हाल संस्थाको कूल निक्षेप रु.८ अर्व ३५ करोड र कर्जा रु.५ अर्व ८४ करोड रहेको छ ।
राष्ट्रियस्तरको यस वित्तीय संस्थाले राज्यभर २३ वटा शाखा कार्यालयहरु र ४ वटा विस्तारित काउन्टरबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । कारोबार विस्तारको लागि निकट भविष्यमा थप शाखा विस्तार गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताएका छन्।