Sunday, May 10, 2026
spot_img

राष्ट्रिय बीमा कम्पनीले यसै आर्थिक वर्ष भित्र थप दुई आर्थिक वर्षको साधारणसभा गर्ने

spot_img
spot_img

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले यसै आर्थिक वर्ष भित्र थप दुई आर्थिक वर्षको साधारणसभा सम्पन्न गर्ने जनाएको छ। कम्पनीका अध्यक्ष दिनेश उपाध्यायले यसै आर्थिक वर्ष भित्रमा कम्तीमा दुई आर्थिक वर्षहरूको साधारण सभा गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनका अनुसार कम्पनीले आ.व. २०६८/०६९ देखि आ.व. २०७२/०७३ सम्मको वार्षिक साधारण सभा सम्पन्न गरेको छ भने आ.व. २०७३/०७४ र आ.व. २०७४/०७५ को वित्तीय विवरणहरू तयार भई सम्बन्धित नियामक निकायहरूबाट स्वीकृतिको चरणमा छन्।

त्यसभन्दा पछिल्ला आर्थिक वर्षहरूका वित्तीय विवरणहरू पनि यथाशीघ्र तयार गरी वार्षिक साधारण सभा सम्पन्न गर्ने लक्ष्य लिइएको अध्यक्ष उपाध्यायले बताएका हुन् ।  उनले यसै आर्थिक वर्ष भित्रमा कम्तीमा दुई आर्थिक वर्षहरूको साधारण सभा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आ.व. २०७६/०७७ को अन्तिम लेखापरीक्षण भइरहेको, बिमाङ्कीय मूल्याङ्कन सहित आ.व. २०७७/०७८ र आ.व. २०७८/०७९ को अन्तिम लेखापरीक्षण यथाशीघ्र प्रारम्भ गर्ने र उक्त आर्थिक वर्षहरूका साधारण सभा समेत सम्पन्न गर्ने अथक प्रयास भइरहेको बताएका हुन् ।

कम्पनी आज १० वर्ष पुरा गरि ११ औ वर्षमा प्रवेश गरेको छ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पान चुनावः विधान संशोधन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्ष कार्कीलाई

ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को साधारणसभा (चुनावी साधारणसभा) जेठ...

आय आर्जन र सम्पत्ति सिर्जनालाई सहयोग गर्नेगरी बजेट ल्याउन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि...

आगामी बजेटमा समावेश गर्न इप्पानले दियो ५३ बुँदे सुझाव

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी बर्ष...

युनाइटेड मोदी हाइड्रोको एजीएम सम्पन्न, नाम परिवर्तन गरेर होल्डिङ्ग कम्पनी बन्ने

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड १२ औं बार्षिक साधारणसभा  आज...

तत्काल यी काम भए ऊर्जाबाट नै समृद्धि सम्भव

सञ्जिव न्यौपाने, ऊर्जा उद्यमी आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्र सय...

ई–बिडिङ प्रकरणमा बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

ई–बिडिङ प्रकरणमा २२ जनाविरुद्द मुद्दा दर्ता भएको छ ।...
spot_img