Wednesday, June 18, 2025
spot_img

राष्ट्रिय बीमा कम्पनीले यसै आर्थिक वर्ष भित्र थप दुई आर्थिक वर्षको साधारणसभा गर्ने

spot_img
spot_img

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले यसै आर्थिक वर्ष भित्र थप दुई आर्थिक वर्षको साधारणसभा सम्पन्न गर्ने जनाएको छ। कम्पनीका अध्यक्ष दिनेश उपाध्यायले यसै आर्थिक वर्ष भित्रमा कम्तीमा दुई आर्थिक वर्षहरूको साधारण सभा गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनका अनुसार कम्पनीले आ.व. २०६८/०६९ देखि आ.व. २०७२/०७३ सम्मको वार्षिक साधारण सभा सम्पन्न गरेको छ भने आ.व. २०७३/०७४ र आ.व. २०७४/०७५ को वित्तीय विवरणहरू तयार भई सम्बन्धित नियामक निकायहरूबाट स्वीकृतिको चरणमा छन्।

त्यसभन्दा पछिल्ला आर्थिक वर्षहरूका वित्तीय विवरणहरू पनि यथाशीघ्र तयार गरी वार्षिक साधारण सभा सम्पन्न गर्ने लक्ष्य लिइएको अध्यक्ष उपाध्यायले बताएका हुन् ।  उनले यसै आर्थिक वर्ष भित्रमा कम्तीमा दुई आर्थिक वर्षहरूको साधारण सभा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आ.व. २०७६/०७७ को अन्तिम लेखापरीक्षण भइरहेको, बिमाङ्कीय मूल्याङ्कन सहित आ.व. २०७७/०७८ र आ.व. २०७८/०७९ को अन्तिम लेखापरीक्षण यथाशीघ्र प्रारम्भ गर्ने र उक्त आर्थिक वर्षहरूका साधारण सभा समेत सम्पन्न गर्ने अथक प्रयास भइरहेको बताएका हुन् ।

कम्पनी आज १० वर्ष पुरा गरि ११ औ वर्षमा प्रवेश गरेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यस्तो छ आज बुधबारको लागि तय गरिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय...

कर्मचारीलाई ऊर्जामन्त्रीले भने ‘काम चित्तबुझ्दो भएन, खर्च गर्न नसक्ने भए किन बजेट माग्ने?’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका...

ग्लोकल टीन हिरोको लागि आवेदन आह्वान

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को...
spot_img