नेपाल लाइफ इन्स्योरेन्सले मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं. ४ मा जग्गा खरिद गरेको छ । कम्पनीले कम्पनीको व्यवसायिक एवं कार्यालय प्रयोजनका लागि कार्तिक १४ गते जग्गा खरिद गरेको जनाएको छ।
कम्पनीका अनुसार नेपाल बीमा प्राधिकरणबाट प्राप्त स्वीकृति बमोजिम हेटौडा उपमहानगरपालिका वडा नं. ४ स्थित दिपेन्द्र चन्द ठकुरी र सुरेन्द्र चन्द ठकुरीको नाममा रहेको कित्ता नं. १०४६७, १५८८७, १५८८८, १०४६९ र १०४६६ को भवन सहितको ६० धुर क्षेत्रफल जग्गा खरिद गरिएको हो।
रजिष्ट्रेशन शुल्क रु. ७९,५१,५०० सहित सत्र करोड उनानब्बे लाख एकाउन्न हजार पाँच सय रुपैयाँमा जग्गा खरिद गरिएको कम्पनीले जनाएको छ ।