रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दिपेश बाबु तिवारी नियुक्त भएका छन् । तिवारी आगामी ४ वर्षका लागि कम्पनीको डीसीईओमा नियुक्त भएका हुन् ।
फाइनान्स कम्पनीबाट करियर सुरुवात गरेका उनीसँग ग्लोबल आईएमई बैंकमा समेत काम गरेको अनुभव छ ।
अर्थशास्त्रमा स्नातकोत्तर गरेका तिवारी व्यवस्थापनमा अब्बल मानिन्छन् ।