Sunday, December 14, 2025
spot_img

नेपाल लाइफका अभिकर्ताबीच झगडा, हेड अफिसले माग्यो विवरण

spot_img

चैत १ गते शुक्रबार रामेछापको मन्थलीस्थित नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उप–शाखामा दुइ अभिकर्ताबीच विवाद भयो । अभिकर्ता कमला बस्नेत कार्कीले अर्का अभिकर्ता कृष्णबहादुर थापाको कुर्सी निकालेर बाहिर राखिदिएपछि विवाद छताछुल्ल भएको हो । जसका कारण कम्पनीको केन्द्रीय कार्यालयको उच्च व्यवस्थापन समेत तनावमा देखिएको छ ।

कम्पनीले अभिकर्ताहरुका लागि एउटा कोठा दिएको थियो, त्यहाँ कुर्सी राखेर उनीहरु काम गर्दै आएका थिए । त्यहाँ अभिकर्ता कृष्णबहादुर थापाले आफ्नो टेवलमा ‘सिनियर एजेन्सी म्यानेजर’को ‘नेम प्लेट’ र अर्की अभिकर्ता कमला बस्नेत कार्कीले ‘एमडीआरटी’को ‘नेम प्लेट’ लगाएका थिए । तर, यी दूबैको उक्त पोजिशन पूरानो थियो । एक आर्थिक वर्षमा संकलन गरेको प्रीमियम रकमका आधारमा प्रदान गरिने यी दूबै पोजिशन चालु आर्थिक वर्षमा उनीहरु दूबैको नवीकरण भएको थिएन । तर पनि दूबैले उक्त नेम प्लेट हटाएका थिएनन् ।

स्रोतका अनुसार यस विषयमा उनीहरु दुइबीच लामो समयदेखि विवाद थियो । यसैक्रममा गत पौषतिर दूबैले नवीकरण नभएको पोजिशनसहित आ–आफ्नो टेवलमा राखिएको नेम प्लेट र आफूले राखेका कुर्सी लगायतका सामान हटाउने समझदारी भएको थियो । उक्त उप–शाखाका प्रबन्धक बासु प्रसाद पौडेलका अनुसार समझदारी पश्चात कार्कीले टेवल र नेम प्लेट हटाइन् । थापाले पनि दराज निकाले तर, टेवल हटाएनन् । त्यत्तिकै राखिएको थियो ।

शुक्रबार थापाले उक्त टेवल मिलाएर बस्न लागेको कमलाले देखिन् । यसपछि उनले उप–शाखाका प्रबन्धक पौडेलसमक्ष आफूलाई चाहिँ टेवल र नेमप्लेट हटाउन लगाउने तर, थापालाई भने किन राख्न दिएको भन्दै आपत्ति जनाइन् । उनले आफूमाथि अन्याय भएको बताइन् । यता, उप–शाखाका प्रबन्धक पौडेलले भने आफूले कसैलाई अन्याय नगरेको र थापालाई पनि कुर्सी राख्न नभनेको बताइरहे । त्यसपछि कार्कीले थापाको टेवल बाहिर निकालिइन् ।

उप–शाखाका एक कर्मचारीले भने, ‘उहाँ (कृष्णबहादुर थापा)ले नवीकरण नै नभएको सिनियर एजेन्सी म्यानेजर सहितको नेम प्लेट राखेर बस्दा अरु अभिकर्ताहरुका आफ्ना क्लाइन्ट आउँदा आफूहरुलाई हेर्ने दृष्टिकोण अर्कै हुन्छ भन्ने पर्नु स्वभाविक हो ।’

‘अनि थापाले आरोप लगाए…’

आफ्नो टेवल बाहिर निकालेर फालिदिएपछि थापा आक्रोशित बने । उनले कार्कीले चुचरे (रामेछापको साविकको गाविस)का बिमितसँग प्रीमियमको पैसा उठाएर कम्पनीलाई नदिएको आरोप लगाएका छन् । त्यस विषयलाई किनारा लगाउन गरिएको सहमति पत्रसहितको माइन्युट नै कमला बस्नेत कार्कीले गायब पारेको थापाको आरोप छ ।

तर, कम्पनीले भने कार्कीले बिमितसँग प्रीमियमको पैसा उठाएर कम्पनीलाई नबुझाएको भन्ने उजुरी अहिलेसम्म नपरेको दाबी गरेको छ । कम्पनीका एक कर्मचारी भन्छन्, ‘पैसा उठाएर २ लाख रुपैयाँ कम्पनीलाई नबुझाएको भनेर उहाँ (कृष्णबहादुर थापा)ले कमला बस्नेत कार्कीमाथि आरोप लगाउनु भएको छ, तर आजसम्म क्लाइन्टले भनेको रेकर्ड छैन । यदि त्यस्तो हो भने कार्यालयमा क्लाइन्टले कम्प्लेन गर्नुपर्ने हो, तर आजसम्म यसको जानकारी कार्यालयलाई छैन ।’

उप–शाखाका प्रबन्धक पौडेलले पनि अभिकर्ता कमला कार्की बस्नेतले प्रीमियमको पैसा उठाएर कम्पनीलाई नबुझाएको भन्ने गुनासो कतैबाट आएको छैन । ‘उहाँहरुको दुइ जनाको कुरामा कम्पनी जोडिनु दुर्भाग्यको कुरा हो, कमला बस्नेत कार्कीले यति पैसा प्रीमियम उठाएर कम्पनीलाई बुझाइनन् भन्ने लिखित गुनासो कतैबाट आएको छैन’ उनले भने ।

तर, यो घटनाले अहिलेको जीवन बीमा बजारमा पहिलो नम्बर दाबी गर्ने नेपाल लाइफको उच्च व्यवस्थापनलाई समेत तनाव दिएको छ । केन्द्रीय कार्यालयबाट उप–शाखा प्रमुखसँग घटना, झगडा र विवादको विवरण माग गरिएको छ ।

‘अफिस तोडफोड भएको पनि होइन, अफिसका कर्मचारीले यसो गरेका पनि होइनन्, तर ठूलो कर्पोरेट कम्पनी भएकाले नाम जोडिएपछि त्यसको नकारात्मक असर पर्छ भनेर हेड अफिसले अभिकर्ताहरुबीच भएको विवादको यस घटनाको विवरण माग गरेको छ’ नेपाल लाइफको मन्थली उप–शाखाका प्रबन्धक पौडेलले भने, ‘भोलिसम्म घटनाको विवरण हेड अफिसमा पठाउँछु ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एनपीएल सिजन–२ को उपाधि लुम्बिनी लायन्सलाई, सुदूरपश्चिम दुइ सिजन नै उपविजेतामा सिमित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि...

जेनजी आन्दोलनबारे ओलीः अर्थतन्त्रको मेरुदण्ड भाँचियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा...

एनपीएल फाइनलः टस जितेर सुदूरपश्चिमले ब्याटिङ रोज्यो, लुम्बिनीले बलिङ गर्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल आज...

दोस्रो चरणको पेट्रोलियम पाइप लाइन विस्तारको निर्माण कार्य अघि बढ्यो

दोस्रो चरणको पेट्रोलियम पाइप लाइन विस्तारको निर्माण कार्यको प्रक्रिया...

एनपीएलको फाइनल आजः सुदूरपश्चिम र लुम्बिनी भिड्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आज फाइनल...

सबैभन्दा धनी पार्टी एमालेको महाधिवेशनमा कसरी हुँदैछ खर्च व्यवस्थापन ?

विद्यमान राजनीतिक दलमध्ये नेकपा एमाले सबैभन्दा धनी राजनीतिक दलका...
spot_img
spot_img