Thursday, March 20, 2025
spot_img
spot_img

आशिष ढकाल बने हिमालयन लाइफको सञ्चालक

हिमालयन लाइफ इन्स्योरेन्सको रिक्त सञ्चालक पदमा आशिष ढकाल नियुक्त भएका छन् । कम्पनीको ३७औँ सञ्चालक समितिको बैठकले सर्वसाधारण समूहतर्फको रिक्त सञ्चालक पदमा ढकाललाई नियुक्त गरेको हो ।

कम्पनीले नेप्सेलाई सञ्चालक नियुक्तिको जानकारी पनि गराइसकेको छ ।

ढकाल चार्टड एकाउण्टेन्ट हुन् । उनले भारतको दिल्ली युनिभर्सिटीबाट वाणिज्यमा स्नातक र भारतकै इन्सिच्युट अफ चार्टड एकाउण्टेन्स् अफ इन्डियाबाट चार्टड एकाउण्टेन अध्ययन गरेका छन् । अमेरिकाबाट एडभान्स लिडरसीपको समेत अध्ययन गरेका ढकाल हाल ग्लोबल इक्वीटी फण्डमा आवद्ध छन् । यो प्राइभेट फण्डको उनी ‘को–फउण्डर’समेत हुन् ।

ढकाल सार्क चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका सदस्य र नेपाल उद्योग वाणिज्य महासंघको पूर्वाधार समितिको सदस्य छन् । उनी ‘प्राइभेट इक्वीटी एण्ड फण्ड म्यानेजमेन्ट’, ‘क्रस बोर्डर बिजनेश डेभलपमेन्ट’, ‘फाइनान्सियल एनालाइसिस एण्ड रिक्स म्यानेजमेन्ट’ लगायतका विषयमा दक्षता राख्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

संचालकबीच नै विवाद भएपछि गोर्खाज फाइनान्सका सीइओको नियुक्ति खारेज

गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीको नियुक्ति...

महासंघद्धारा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव प्रस्तुत

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक बर्ष २०८२।८३ को नीति...

सुनको भाउ स्थिर, चाँदीको घट्यो

आज बिहिबार सुनको भाउ स्थिर छ । बुधबार प्रतितोला...

सुरु भयो यस वर्षको एसइई परीक्षा, असार ७ भित्रै नतिजा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ।...

आज डलर र युरोको मूल्य घट्यो, अरु विदेशी मुद्राको दर कति ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको...

माछापुच्छ्रे क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

माछापुच्छ्रे क्यापिटल लिमिटेडले फागुन २२ गतेदेखि निष्काशन गरेको सामुहिक...
spot_img