नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनियताको सपथ लिएकी छिन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष सपथ लिएकि हुन् ।
गत फागुन २८ गते पोखरेललाई बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको थियो । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले बीमा क्षेत्रमा कोही व्यक्ति पीडित हुन नहुने, कुनै पनि व्यक्तिले अन्यथा गर्न नपाउने व्यवस्था हुनुका साथै बीमा क्षेत्रमा नयाँ योजनाका साथ अघि काम गर्न जरुरी रहेको बताएका थिए ।
बीमा ऐन २०७९ मा प्राधिकरणमा एक जना महिला सञ्चालक हुनुपर्ने व्यवस्था रहेको छ । लामो समयसम्म प्राधिकरणमा महिला सञ्चालक नियुक्त भएको थिएन । अब भने प्राधिकरणले महिला सञ्चालक पाएको छ ।
पोखरेल विशाल बजार कम्पनीको सञ्चालक पनि छिन्। उनी नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष पनि हुन् ।