Sunday, February 8, 2026
spot_img

सिद्धार्थ इन्टरनेशनल होटलले आइपीओ ल्याउने,  बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

spot_img
spot_img

नेपालको लोकप्रिय ब्राण्ड सिद्धार्थ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडले प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । 

बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्षमण) न्यौपाने र मुक्तिनाथ क्यापिटलका तर्फका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । अध्यक्ष न्यौपानेले चालु आर्थिक वर्षमै आइपीओ निष्कासन गरिने जानकारी दिए । उनका अनुसार कूल जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा ल्याउन लागिएको हो । 

सिद्धार्थ ग्रुप अन्तर्गतको आइपिओ जारी गर्न लागेको कम्पनी सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेड अन्तर्गत बौद्धस्थित चार तारे स्तरीय सिद्धार्थ बुटिक होटल र रुपन्देहीको भैरहवास्थित पाँच तारे सिद्धार्थ भिलासा सञ्चालनमा छन् । 

सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका साथै हस्पिटालिटी एजुकेशन, रेष्टुरेन्ट, कटेज, क्याफे, कृषि फार्म, ट्रेडिङ, आइटीलगायत दुई दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा छन् । 

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हायरको ब्रान्ड एम्बासडरमा पारस खड्का

विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायरको ब्रान्ड एम्बासडरका रूपमा नेपाली...

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटल कम्पनी मर्ज हुँदै

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटेल कम्पनी मर्ज...

सुनको मूल्य फेरि ३ लाख माथि, तोलामै ९५ सयले बढ्यो

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

राइड सेयरिङ सर्भिस ‘ई–ड्राइभ’ नेपालगन्जमा पनि सुरु

लुम्बिनी प्रदेशमा पहिलो राइड सेयरिङ सेवाका रुपमा सेवा थालेको...

टि २० विश्वकप क्रिकेटमा आज नेपाल र इंग्ल्यान्ड भिड्दै

शनिवारदेखि सुरु भएको टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत...

ओटीएम मुम्बई २०२६ः भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो

नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय...
spot_img