Tuesday, February 10, 2026
spot_img

पर्यटन बोर्डका सीईओद्वारा ‘सगरमाथा संवाद’मा सहभागी हुन विश्व पर्यटन समुदायलाई आग्रह

spot_img
spot_img

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले सगरमाथा संवाद–२०२५ मा सहभागी हुन विश्व भरीका पर्यटन समुदायलाई आग्रह गरेका छन् । टर्कीको इस्तानबुलमा अप्रिल २१ देखि २३ सम्म आयोजित प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) वार्षिक सम्मेलन २०२५ लाई सम्बोधन गर्दै सीईओ जोशीले २०२५ मे १६ देखि १८ सम्म काठमाडौँमा आयोजना हुने सगरमाथा संवादमा सहभागी हुन विश्व पर्यटन समुदायलाई आग्रह गरेका हुन् ।

सीईओ जोशीले काठमाडौंमा हुने जलवायु परिवर्तन र दिगो भविष्यसम्बन्धी अन्तर्राष्ट्रिय छलफलमा विश्वव्यापी नेतृत्व र विज्ञहरूलाई सहभागी हुन आमन्त्रण गरेका हुन् ।

आगामी सगरमाथा संवाद २०२५ को प्रवर्द्धन गर्दै सम्मेलनको क्रममा पर्टन बोर्ड र पाटाबीच साझेदारी सम्झौता समेत सम्पन्न भएको छ । जसअन्तर्गत ‘टुरिजम् ह्वाइट पेपर’ निर्माण, संयुक्त फोरम स्थापनाका साथै संस्था सुदृढीकरणका कार्यक्रमहरूमा सहकार्य गरिनेछ ।

त्यसैगरी सीईओ जोशीले वैश्विक पर्यटन समुदायलाई विशेष अपिल गर्दै २०२५ जुन ३ देखि ५ सम्म काठमाडौंमै हुने हिमालयन ट्राभल मार्टमा पनि सहभागी हुन अन्तर्राष्ट्रिय खरिदकर्ता र पर्यटन व्यवसायीहरूलाई आग्रह गरेका छन् । यस मार्टमार्फत नेपालको विविध पर्यटन सम्पदाहरूको प्रवर्द्धन गर्नुका साथै विश्वव्यापी सहकार्य सञ्जाल विस्तार गर्ने उद्देश्य राखिएको छ ।

उनले भने, “हिमालयन ट्राभल मार्ट केवल व्यापारिक भेला होइन, यो नेपालले दिन सक्ने अद्वितीय, अर्थपूर्ण र दिगो अनुभवहरूको उत्सव हुनेछ ।”

“सदाको लागि ज्ञान, भविष्यका लागि दिगोपन” भन्ने मूल नाराका साथ सम्पन्न पाटाको वार्षिक सम्मेलनमा नेपालका तर्फबाट ‘दीगो भविष्य निर्माण’ विषयमा मन्तव्य दिंदै सीईओ जोशीले नेपालको इको–टुरिज्म मोडल, समुदाय आधारित पर्यटन अभ्यास र प्रमुख दिगो पहलहरूको बारेमा जानकारी गराएका हुन् । उनले नेपालको प्राकृतिक, सांस्कृतिक र सामाजिक विविधतामा आधारित पर्यटन विकासको दृष्टिकोणसमेत प्रस्तुत गरे ।

त्यसैगरी सीईओ जोशी नेतृत्वको बोर्डको प्रतिनिधिमण्डलले ‘ग्लोबल सस्टेनेबल टुरिजम् काउन्सिल’का प्रमुख कार्यकारी अधिकृत डा. र्‍याण्डी डर्ब्यान्डसँगको छलफलमा गन्तव्य प्रमाणिकरण, सदस्यता, अनुसन्धान तथा क्षमता अभिवृद्धि सम्बन्धमा सहकार्य विस्तार गर्ने सहमति भएको सीईओ जोशीले जानकारी गराएका छन् ।

सम्मेलन अवधिभर बोर्डको प्रतिनिधिमण्डलले पर्यटन विज्ञ, तथ्यांक वैज्ञानिक, आर्टिफिसियल इन्टेलिजेन्स विशेषज्ञ तथा वातावरणविद्हरूसँग विभिन्न छलफल र बैठकहरू गरेको छ । सम्मेलनका क्रममा नेपालको पर्यटन क्षेत्रलाई दिगो, तथ्यमा आधारित र विश्वसनीय गन्तव्यको रूपमा पुनःस्थापना गर्ने रणनीतिलाई सुदृढ गर्ने विषयमा छलफल भएको बोर्डले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८३ हजार जनाले मात्र पाए शेयर

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...

चुनावसँग सम्बन्धित टिकटक भिडियो बनाएर ५० हजार जित्ने अवसर

निर्वाचन आयोगले चुनावसँग सम्बन्धित भिडियोहरुलाई पुरस्कृत गर्ने भएको छ...

चुनाव आउँन अब २३ दिन मात्र बाँकी, १०० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउँन...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...

सीडीएसकी प्रविन पन्दाकको नियुक्ति बदरको माग गर्दै रिट दायर

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध संचालक प्रविन पन्दाकको नियुक्ति...

महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर...
spot_img